लुम्बिनी प्रदेश सरकार

शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय

प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय

लमही, दाङ

परिचय

प्रगन्ना कुलो सिँचाइ प्रणाली देशको मध्यपश्चिमी भागमा पर्ने दाङ जिल्लाको देउखुरी उपत्यकामा अवस्थित किसान प्रबन्धित सिँचाइ प्रणाली हो। करिब ८० वर्षअघि सरकारको कुनै आर्थिक सहयोग बिना किसानहरु आफैले यो प्रणाली विकास गरेका थिए। यस प्रणालीको कुल नेट कमाण्ड क्षेत्र ५८०० हेक्टर रहेको छ। यस प्रणालीको पानीको स्रोत पश्चिम राप्ती नदी हो। पश्चिम राप्ती नदीको दाहिने किनारमा ३ वटा साइड इन्टेक निर्माण गरिएका छन्। यसबाहेक सिवालिक पर्वतश्रृङ्खलाबाट निस्कने दोलाई खोला र सिङ्गाई खोलालाई पनि कमाण्ड क्षेत्रमा पानी आपूर्ति गर्न प्रयोग गरिन्छ।